शुक्रबार, बैशाख ६, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • ‘कर’ नतिरी ‘तर’ चाट्दै कांग्रेसजन: क्षेत्रपामा बिना ठेक्का गिटी-बलुवा ‘तस्करी’ !

‘कर’ नतिरी ‘तर’ चाट्दै कांग्रेसजन: क्षेत्रपामा बिना ठेक्का गिटी-बलुवा ‘तस्करी’ !


कान्तिपथ


दोलखाको बैतेश्वर गाउँपालिकामा अवैध रुपमा गिटी-बालुवाको निकासी हुने गरेको पाईएको छ । बैतेश्वर गाउँपालिकाले आन्तरिक आयआर्जनका लागि वर्षेनी ठेक्का खोल्दै आएको थियो । विगतका सालमा बालुवाको निकासीका लागि ठेक्का सम्झौता गरेर लाखौँ आर्जन गरेपनि यस वर्ष भने गाउँपालिकाले ठेक्का निकालेन ।

अघिल्ला वर्षहरुमा बैतेश्वर गाउँपालिकाको वडा नं ८ को सिम्ले नागदह बगरको ठेक्का क्षेत्रपा रोडा ढुंगा उद्योगले पाउदै आएको थियो । यो वर्ष गाउँपालिकाले कुनै ठेक्का ननिकालेको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशराम पोखरेलले बताए ।

गाउँपालिकाले कुनै ठेक्का ननिकाले पनि बालुवा ठेक्काको अविच्छिन्न उत्तराधिकारी झैं गर्दै क्षेत्रपा रोडा ढुंगा उद्योगले गिटी-बालुवाको चोरी-निकासी गर्दै आएको एक स्थानीयले बताए । राज्यको करको दायरामा नआई प्राकृतिक दोहन गर्नु भ्रष्ट्राचार हुने विकासविदहरु बताउछन् ।

उनि आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्ष ताक्दै छन् भने जिल्ला सभापतिमा सिटौला प्यानलबाट ४८५ भोट ल्याएर मुर्छित बनेका ताराकुमार खड्का पनि पालिका अध्यक्ष ताक्दै छन् ।

तामाकोशी नदिको चरम दोहन हुँदा समेत गाउँपालिका र प्रशासन भने कानमा तेल हालेर बसेका छन् । आर्थिक वर्ष सुरु भएको ९ महिना बितिसक्दा सस्मेत उद्योगलाई कुनै कारबाहीको प्रक्रिया अघि बढेको छैन । ‘तस्कर’ले गुलियो चाट्दा गाउँपालिका मौन बस्नुमा कांग्रेस फ्याक्टरले काम गरेको देखिन्छ ।

के हो कांग्रेस फ्याक्टर ?

गाउँपालिकाका अध्यक्ष छवि लामा नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन् । उनी हाल नेपाली कांग्रेसको दोलखा जिल्ला उप-सभापति समेत छन् । उद्योगमा कांग्रेसको जिल्ला सभापति उठेर हारेका ताराकुमार खड्काको समेत कनेक्सन देखिन्छ । खड्काका भाई कुशल खड्का र दिपेश खड्का उद्योगका संचालक हुन् । उनीहरु मध्ये कुशल खड्का त कांग्रेसको वडा सभापति नै हुन् । उनि आगामी स्थानीय निर्वाचनमा वडा अध्यक्ष ताक्दै छन् भने जिल्ला सभापतिमा सिटौला प्यानलबाट ४८५ भोट ल्याएर मुर्छित बनेका ताराकुमार खड्का पनि पालिका अध्यक्ष ताक्दै छन् ।

प्रहरीले अवैध उत्खननमा संलग्नहरूलाई कहिलेकाहीँ समाते पनि रातको समयमा नदीबाट बालुवा झिक्ने गरिएको तामाकोशी नदी निकट बस्ने स्थानीय बासिन्दाको भनाइ छ । जथाभावी बालुवा झिक्नाले तामाकोशी नदीका बगरहरूमा खाडल मात्र देखिन थालेको छ । रातको समयमा बालुवा झिक्ने क्रममा स्थानीय युवाहरू बीच विवाद र झगडा समेत हुने गरेको बताइएको छ । एक स्थानीय तहतर्फको बगरबाट रातारात अर्को स्थानीय तहमा समेत लगेर बालुवा थुपार्ने होडबाजी तामाकोशी नदी आसपासमा चलेको छ ।

अघिल्ला वर्षहरुमा बैतेश्वर गाउँपालिकाको वडा नं ८ को सिम्ले नागदह बगरको ठेक्का क्षेत्रपा रोडा ढुंगा उद्योगले पाउदै आएको थियो ।

केहि समय अघि दोलखाको तामाकोसी नदी आसपासमा सञ्चालित अधिकांश बालुवाखानी र क्रसर अवैध रहेको पाइएको थियो । तामाकोसी नदीको अवैध रूपमा दोहन भएको गुनासो बढेपछि जिल्ला समन्वय समिति दोलखाले समिति नै बनाएर स्थलगत छानबिन गर्दा अवैध रहेको देखिएको थियो।

तामाकोसी नदीको किर्नेटारदेखि सिंगटीसम्म दर्जनौं ठाउँमा बालुवाखानी र क्रसरहरू सञ्चालित छन् । कतिपय स्थानमा सामुदायिक वनका पदाधिकारी समेतको मिलेमतोमा सडक खनेर बालुवा उत्खनन भइरहेको स्थानीयले बताए । यस क्षेत्रमा ३ वटा क्रसरले मात्र दर्ता गराएर सञ्चालन गरिरहेको बताइएको छ ।

यो पनि हेर्नुहोस: अनुदानमा अध्यक्षको सेटिङ्ग: जनतासँग आवेदन माग, पालिका कै कर्मचारीको खल्तीमा १५ लाख !

पुनर्निर्माणको समयमा निर्माण सामग्री अभावको फाइदा उठाउँदै दोलखाको तामाकोसी नदीमा दर्जनौं डोजर हालेर बालुवा तस्करी भएको छ । नदीलाई नै असर गर्ने गरी सञ्चालनमा आएका खानीहरू प्राय: दर्ता नभएको जिल्ला समन्वय समिति दोलखाले जनाएको छ ।

समन्वय समितिले लामोसाँघु–मन्थली सडक खण्डको तामाकोसी बजार आसपासदेखि ढोली खोला क्षेत्रसम्म खोलाको मध्ये भागबाट १५ मिटर छाडेर मात्रै बगरको एक मिटरसम्म बालुवा निकाल्न मिल्ने गरी ठेक्का लगाएको थियो । तर सो क्षेत्रमा बगरै पिच्छे स्काभेटर लगाएर अवैध रूपमा बालुवा–गिटी उत्खनन भइरहेको भन्ने सूचनाको आधारमा अनुगमन सुरु गरिएको दोलखा प्रशासनको भनाइ छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत