सोमवार, बैशाख १५, २०८२
  • गृहपृष्‍ठ
  • समाज
  • बालकृष्ण शिवाकोटी मदन भण्डारी फाउन्डेसनको केन्द्रिय सदस्यमा चयन

बालकृष्ण शिवाकोटी मदन भण्डारी फाउन्डेसनको केन्द्रिय सदस्यमा चयन


कान्तिपथ


मदन भण्डारी फाउन्डेसनको अध्यक्षमा उषाकिरण भण्डारी चयन भएकी छन् । शनिबार काठमाडौंमा सम्पन्न तेस्रो राष्ट्रिय सम्मेलनबाट स्वर्गीय जननेता भण्डारीकी छोरी उषाकिरण अध्यक्ष बनेकी हुन् ।

फाउन्डेसनको सचिवमा पेम्बा लामा र कोषाध्यक्षमा चिन्तमणी भट्टराई छन् । सदस्यमा सुशील प्याकुरेल, डा. विमला राई पौडेल, महेन्द्रवहादुर पाण्डे, बालकृष्ण शिवाकोटी, खेम लोहनी, डा. निर्मल विश्वकर्मा लगायत छन् । फाउन्डेसनको कार्यक्रमका एमाले अध्यक्ष केपी शर्मा ओली सहभागी भएका थिए ।

फाउन्डेसनको केन्द्रिय कार्यसमितिमा राष्ट्रिय जीवनमा चावी बनाएका दिग्गज व्यक्तिहरु समेटिएका छन् । बागमती प्रदेशबाट कार्यसमितिमा समेटिएका शिवाकोटी लगानी बोर्डका बोर्ड सदस्य समेत रहिसकेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत