आइतवार, बैशाख १४, २०८२

रामेछापको दाेरम्बामा २४० जनाले एकैचोटी आँखा देखेपछि


कान्तिपथ


दोरम्बा — रामेछाप हिजोसम्म आँखा नदेखेर अँध्यारो संसारका बारेमा कुरा गरिरहेका बाआमाहरु शनिबार बिहान दोरम्बा शैलुङ–२ स्थित काकलिङ विद्यालयको आँगनमा कोही नाच्न थाले, कोही हर्षका आँसु झार्न थाले । वर्षौवर्षदेखि दुवै आँखा नदेख्ने भएर बसेका १० जना बाआमाहरु एकाएक आफैंमा अचम्मित पनि देखिन्थे । गरिब एवं स्वास्थ्य पहुँचमा नपरेका जनसाधारणको नि:शुल्क आँखा उपचार गर्नका लागि स्थापित तेज कोहिल एण्ड रुइत फाउन्डेशनका तर्फबाट दोरम्बामा आयोजित ३ दिने नि:शुल्क आँखा शिविरमा शनिबारसम्ममा २४० जनाको मोतीबिन्दु सफल उपचार भएपछिको माहोल खुशीयालीले भरिएको थियो । आइतबार पनि थप ६० जना मोतिबिन्दु बिरामीको उपचार हुँदैछ ।

यो फाउन्डेशनले २ वर्षयता नेपालका बझाङ, दोलखा, रामेछापलगायतका जिल्लामा झण्डै १२ हजार मोतीबिन्दु शल्यक्रिया गरिसकेको छ । स्वास्थ्य शिविर संचालनको जनशक्ति तथा प्राविधिक सहयोग भने तिलगंगा आँखा अस्पतालको थियो । शिविरको अनुगमन गर्न फाउन्डेशनका सहसंस्थापक तेज कोहिल बेलायतबाट काठमाडौं हुँदै दोरम्बा आइपुगेका थिए । फाउन्डेशनका अर्का संस्थापक डा.सन्दुक रुइतका अनुसार, फाउन्डेशनकै स्रोत तथा तिलगंगा अस्पतालको जनशक्ति र प्राविधिक सहयोगबाट अब एक वर्षमा नेपालमा २५ हजार मोतीबिन्दु बिरामीको उपचार गरिँदैछ । ‘दोरम्बा मोडेल’का नाममा अघि बढाइने यो परोपकारी कामलाई एशिया तथा अफ्रिकाका १० मुलुकमा विस्तार गिरिने भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत