याक एन्ड यती र हायात रिजेन्सी होटलका सञ्चालक राधेश्याम सराफको निधन भएको छ। भारतको नयाँ दिल्लीस्थित मेदान्त अस्पतालमा उनको उपचारकै क्रममा मंगलबार निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको छ। ९२ वर्षिय सराफ विगत एक महिनादेखि नयाँदिल्लीमा उपचाररत थिए।
उनको शव चार्टर्ड विमानबाट काठमाडौं ल्याएर आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने भएको छ। सन् १९३० मा भारतको गुवाहाटीमा जन्मिका सराफ काठमाडौंको दुई प्रसिद्ध पाँचतारे होटल ह्यात र याक एन्ड यतीका संस्थापक तथा सञ्चालकसमेत हुन्। उनले सन् १९६३ यता भारतबाट काठमाडौं आइ नियमित रुपमा बस्दै आएका थिए।
उनले दरबारमार्गमा सन् १९७७ मा याक एन्ड यती होटल स्थापना गरेका थिए । सराफले १९९० मा तारागाउँ पर्यटन विकास बोर्डको स्वामित्वमा रहेको बौद्धस्थित तारागाउँ होटल (हायात रिजेन्सी काठमाडौं) को स्वामित्व लिएका थिए।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ