सोमवार, बैशाख ९, २०८२

चण्डी पुर्णिमामा थामी समुदायलाई सार्वजनिक बिदा दिँदै बागमती प्रदेश


कान्तिपथ


बागमती प्रदेश सरकारले चण्डी पुर्णिमा तथा उभौली पर्वको अवसरमा जेठ २ गते सोमबार बागमती प्रदेशभरका थामी समुदायका लागि सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

थामी नेपालमा बसोबास गर्ने एक किरात जाति हो। थामी समुदायका मानिसहरूले आफूलाई “थाङ्‍मी” भन्न रुचाउँछन् । यो जातिका मानिसहरूले प्राकृत धर्म अङ्गालेको पाइन्छ जसलाई उनीहरू वोन या किराँत भन्ने गर्छन्। थामी समुदायका मानिसहरू आफ्नै भाषा थाङ्‍मी खाम बोल्ने गर्दछन् । यो भोटबर्मेली परिवारमा पर्दछ ।

थामी जातिको बसोबास धेरैजसो दोलखा र सिन्धुपाल्चोक जिल्लामा रहेको पाइन्छ। तर छिटपुट रूपमा नेपालको ७३ जिल्लामा थामीहरू रहेका छन् भन्ने तथ्याङ्क छ। थामी जाति एउटा अलग प्रकारको रितिरिवाज र स‌ंस्कार बोकेको जाति हो। आफ्नै अलग धर्म भएका थामी जातिले कुलदेवताको रूपमा भुमे(भुम्या )को पूजा गर्दछन् र सबै कर्मकान्ड संस्कारहरू आफ्नै थामी गुरुद्वारा मौखिकरूपमा गर्ने गर्दछन्।

यिनीहरूको मुख्य पेसा कृषि हो भने केहि थामीहरू काठसम्बन्धी (सिकर्मी), ढुङ्गासम्बन्धी (डकर्मी) र बाँस/चोयाका सामानहरू बनाउने कार्यमा पनि लागेको पाइन्छ । दोलखाका सुस्पा क्षमावती, सुन्द्रावती, सुनखानी, लापिलाङ, लामिडाँडा, कालिञ्चोक, बाबरे, आलम्पु, बिगु, खोपाचागु, लाकुरी डाँडा, आदि स्थानमा थामीहरूको अधिक जनघनत्व रहेको छ ।

सिन्धुपाल्चोकमा चोकटी , घोर्थली , धुस्कुन , पिस्कर, तौथली , राम्चे , कर्थली लगायत स्थानमा आत्यधिक बसोबास रहेको पाइन्छ। सिन्धुपाल्चोकमा रहने थामीहरूको रहनसहन परम्परा रितिरिवाज थर, गोत्र र केही भाषाका लवज दोलखका भन्दा केही फरक रहेको पाइन्छ।

रामेछापका डढुवा, बेताली, प्रिती र इलाम जिल्लाका गोरखे, नयाँवजार र जोगमाइमा पनि थोरै सङ्ख्यामा थामीहरूको बसोबास रहेको छ।

बागमती प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य भएको छ । प्रदेश सरकारको सिफारिसमा प्रदेश प्रमुख यादव चन्द्र शर्माले अधिवेशन अन्त्य गरेका हुन् । उनले नेपालको संविधानको घारा १८३ को उपधारा २ बमोजिम प्रदेशसभाको चालू नवौं अधिवेशन अन्त्य गरेका हुन् । सोहीअनुसार प्रदेशसभाको हिउँदे अधिवेशन आज राति १२ बजेबाट अन्त्य हुनेछ ।

प्रदेशसभाको नवौं अधिवेशन अन्तर्गत १२ वटा बैठकहरू सञ्चालन भएको प्रदेशसभा सचिवालयले जनाएको छ । तत्कालीन अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकारले गत असोज २४ गते प्रदेशसभाको नवौं अधिवेशन आह्वान गरेकी थिइन् ।

गत पुस ८ गतेबाट अवरुद्ध बन्दै आएको प्रदेशसभाको बैठक पछिल्लो समय फागुन २९, ३० र चैत ८ गते बसेको थियो । सरकारले बजेट निर्माणका लागि वर्षे अधिवेशन बोलाउन तयारी अनुसार हिउँदे अधिवेशन अन्त्य गर्ने प्रदेश प्रमुख शर्मा समक्ष सिफारिस गरेको थियो । सरकारले बजेट निर्माणको काम तिव्र रुपमा गरिरहेकाले संसद्को बजेट (वर्षे) अधिवेशन छिट्टै नै आह्वान गर्ने तयारी गरेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत