आइतवार, फाल्गुन ४, २०८१

आयोगको पारदर्शिता र निष्पक्षतालाई बलियो बनाउनुपर्छ – प्रदेश प्रमुख


कान्तिपथ


गण्डकी प्रदेशका प्रमुख पृथ्वीमान गुरुङले लोकसेवा आयोगले आफ्नो पारदर्शिता र निष्पक्षतालाई अझै बलियो बनाउँदै लैजानुपर्ने बताउनुभएको छ ।गण्डकी प्रदेश लोकसेवा आयोगको आज पोखरामा आयोजित प्रथम वार्षिकोत्सव समारोह शुभारम्भ गर्दै उहाँले आयोगले अवलम्बन गरेको योग्यता, निष्पक्षता र स्वच्छताको आधारमा प्रतिस्पर्धात्मक परीक्षाबाट योग्य व्यक्तिको छनोट हुन्छ भन्ने विश्वास नागरिकमा रहेकाले यसमा अझै उचाइ बढाउन प्रादेशिक आयोग सफल हुने अपेक्षा गर्नुभयो ।
मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले सङ्घीयतालाई चिनाउन यस आयोगको भूमिका महत्वपूर्ण हुने बताउनुभयो । उहाँले सुशासनका लागि सक्षम, सवल कर्मचारीतन्त्र आयोगले उपलब्ध गराउने छ भन्नुभयो ।

प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले आयोग स्थापनाको एकवर्षे समयावधिमा भएका कामकारबाही प्रशंसनीय भएको बताउनुभयो ।प्रमुख प्रतिपक्षी दलका नेता पृथ्वीसुब्बा गुरुङले आयोगको एक वर्ष उपलब्धिपूर्ण रहेको बताउँदै आगामी दिनमा प्रदेशमा आवश्यक दक्ष जनशक्ति उपलब्ध गराउनका लागि आयोग सफल हुने विश्वास व्यक्त गर्नुभयो ।

लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले सङ्घीय निजामती ऐन बन्न नसक्दा समस्या भएको बताउनुभयो । आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा उहाँले जोड दिनुभयो ।आयोगका प्रादेशिक अध्यक्ष विष्णुप्रसाद नेपालले निष्पक्षता, पारदर्शितालगायत विषयमा आयोग प्रतिबद्ध भएको बताउनुभयो ।

कार्यक्रममा आयोगका सदस्यद्वय योगेन्द्र गौचन र कल्पना लम्साल, प्रदेश लोकसेवा आयोग प्रदेश नं १ का अध्यक्ष उत्तमकुमार भट्टराईलगायतले आयोगको भूमिकालाई अझै प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभयो । त्यस अवसरमा वर्ष उत्कृष्ट कर्मचारीका रुपमा शाखा अधिकृत सन्दीप ढुङ्गानालाई सम्मान गरिनाका साथै आयोगको स्मारिका लोकार्पण गरिएको थियो ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत