नेपाल प्रहरीमा इन्स्पेक्टरदेखि वरिष्ठ उपरीक्षक (एसएसपी) तहसम्मको सरुवा प्रक्रिया रोकिएको छ। सामान्यतया एक वर्ष कार्यकाल पूरा भएपछि हुने सरुवा यसपटक लामो समयसम्म हुन नसकेको हो।
इलाका, वडा तथा प्रहरी प्रभागमा कार्यरत इन्स्पेक्टरहरू, विभिन्न जिल्ला तथा वृत्तमा रहेका डीएसपीहरू र एसपी नेतृत्वका जिल्ला तथा गणहरूमा समेत एक वर्षभन्दा बढी समय बितिसक्दा पनि सरुवा हुन सकेको छैन।
शेयर विवादपछि गृहमन्त्री सुधन गुरुङले राजीनामा दिएपछि गृह मन्त्रालयको जिम्मेवारी हाल प्रधानमन्त्री बालेन शाहले सम्हालिरहेका छन्। गृहमन्त्री नहुँदा उच्च तहका सरुवा प्रक्रिया प्रभावित भएको प्रहरी स्रोतको भनाइ छ।
प्रहरी नियमावलीअनुसार एसपीसम्मको सरुवा अधिकार प्रहरी महानिरीक्षक (आईजीपी) लाई भए पनि एसएसपी र डीआईजीको सरुवा भने गृहमन्त्रीस्तरीय निर्णयबाट हुने व्यवस्था छ। यही कारण हाल सरुवा प्रक्रिया रोकिएको बताइएको छ।
काठमाडौं, ललितपुर, अपराध अनुसन्धान कार्यालय तथा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयजस्ता महत्वपूर्ण युनिटहरूको नेतृत्वका लागि विभिन्न एसएसपीहरूबीच प्रतिस्पर्धा र लबिइङ तीव्र भएको चर्चा पनि सुरु भएको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ