वासिङ्टन, १४ चैत अमेरिकी राष्ट्रपतिको कार्यालयका प्रवक्ता करिन जेन पिएर्रे पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको छ । उहाँलाई कोरोनाभाइरसको सङ्क्रमण भएको पुष्टि आइतबार राती भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् ।
उहाँले आफूलाई सङ्क्रमण भएको पुष्टि भएपनि स्वास्थ्यमा कुनै समस्या नभएको स्पष्ट पार्नु भएको छ । “मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,” सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ ।
“मैले अतिरिक्त खोप पनि लगाएकाले होला, मलाई स्वास्थ्यमा कुनै समस्या छैन, सामान्य लक्षण मात्रै देखिएको छ,”
राष्ट्रपति कार्यालयको यस सम्बन्धी नियम अनुसार आफूले कम्तीमा पाँच दिन घरमै आइसोलेसनमा बसेर काम गर्ने पनि उहाँले स्पष्ट पानु भएको छ । ४४ बर्षिया पिएर्रे यसअघि केही महिना अगाडि पनि कोरोनाभाइरसबाट सङ्क्रमित हुनुभएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ