नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बढुवा सिफारिसमा लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटिएको जनाएको छ ।
सरकारले प्रहरीमा थपिएका तीन एआईजीको दरबन्दीमा तीन जना डीआईजीलाई बढुवा सिफारिस गरेपछि अन्य असन्तुष्ट डीआईजीहरुले बढुवा पुनरावलोकन समितिमा उजुरी दिएका थिए । सरकारले १ चैतमा तीन जना डीआईजीलाई एआईजीमा बढुवा सिफारिस गरेको थियो । बढुवा सिफारिस हुनेमा डीआईजीहरु वसन्तकुमार पन्त, धीरजप्रताप सिंह र रवीन्द्रबहादुर धानुक छन् ।
यो पनि हेर्नुहोस: प्रहरीमा ३ डिआईजी भर्सेस ३ डिआईजी: सिनियरलाई पन्छाउँदा एआइजी बढुवा अन्यौलमा !
६ चैतमा डीआईजी ईश्वरबाबु कार्की, घनश्याम अर्याल र प्रकाशजंग कार्कीले उजुरी दिएका थिए । बढुवा सिफारिसको क्रममा डीआईजीहरुको वरिष्ठता र कार्यक्षमता नहेरिएको उनको तर्क थियो ।
सचिवालयले पठाएको कार्यसम्पादन मूल्यांकन अध्ययन गरेपछि बढुवा पुनरावलोकन समितिले कुनै कैफियत नभेटेको स्रोतले जानकारी दिएको छ । यससँगै डीआईजीहरुको उजुरी खारेज भएको छ । एआईजी बढुवा यही साता हुने स्राेतले जनाएकाे छ।
बढुवा सिफारिसप्रति असन्तुष्ट डीआईजीहरुले लोक सेवा आयोगको बढुवा पुनरावलोकन समितिको निर्णय पनि चित्त नबुझेपछि रिट निवेदन लिएर सर्वोच्च अदालत जाने तयारी गरेको स्रोतले बतायो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ