मङ्लबार, बैशाख ९, २०८२

चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने


कान्तिपथ


आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी चैत २५ गतेदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ ।

वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि आउँदो २५ गतेबाट आचारसंहिता लागू गर्नेगरी निर्वाचन आयोगले तयारी थालेको हो । आयोगका अनुसार यसअघि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नियुक्ति प्रक्रियामा बिलम्ब हुँदा आचारसंहिता कार्यान्वयनको मिति केही दिन धकेलिएको थियो ।

आचारसंहिता उल्लंघन सम्बन्धी घटनाका उजुरीका लागि प्रमुख निर्वाचन अधिकृत र निर्वाचन अधिकृत नहुँदा समस्या हुने भएकाले आचारसंहिता लागू गर्न केही ढिलो भएकोे निर्वाचन आयोगले जनाएको छ ।

आगामी २२ गते बोलाइएको सर्वदलीय बैठकमा आचारसंहिताबारे आवश्यक छलफल हुने आयोग स्रोतको भनाइ छ । बैठकमा प्राप्त सुझावपछि आचारसंहिता लागू गर्ने आयोगको तयारी छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत