शनिबार, माघ ५, २०८१

डाक्टर पढ्न अरुको परिक्षा दिन जाने खेताला विद्यार्थी पक्राउ


कान्तिपथ


काठमाडौंको किस्ट कलेजमा एमबीबीएस अध्ययनरत विद्यार्थी नै अहिले जारी प्रवेश परीक्षामा नक्कली परीक्षार्थी बनेर सहभागी भएको पाइएको छ ।

महानगरीय अपराध अनुसन्धान महाशाखाले गरेको अनुसन्धानका क्रममा एमबीबीएस नयाँ भर्नाका लागि लिइने प्रवेश परीक्षामा खेताला परीक्षार्थी बनेर सहभागी भएको पाइएको हो ।

विशेष सूचनाका आधारमा प्रहरीले शुक्रबार एमबीबीएसको प्रवेश परीक्षा भइरहेका केन्द्रमा छापा हानेर पाँच जनालाई पक्राउ गरेको थियो । तीमध्ये एकजना विद्यार्थी र अर्का भारतीय नागरिक पनि छन् ।

महाशाखाका प्रमुख एसएसपी वसन्तबहादुर कुँवरका अनुसार नक्कली परीक्षार्थी बनेर सहभागी भएका अमर पण्डित, राम आशिष यादव, इस्तियाख अहमद र अनिकेत चौधरी पक्राउ परेका हुन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत