मङ्लबार, अशोज २९, २०८१

बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसँगै ट्याक्सीको भाडा बढाएको छ


कान्तिपथ


बागमती प्रदेश सरकारले सार्वजनिक सवारीसँगै ट्याक्सीको भाडा बढाएको छ। प्रदेश सरकारको श्रम, रोजगार तथा यातायात व्यवस्था मन्त्रालयले आगामी वैशाख १ गतेदेखि लागू हुने गरी काठमाडौं उपत्यकाको हकमा सार्वजनिक सवारी (बस) र प्रदेशभर लागू हुने गरी ट्याक्सीको भाडा बढाएको हो।

प्रदेश सरकारले पेट्रोलसँगै बिजुलीबाट चल्ने ट्याक्सीको समेत भाढा बढाएको हो। पेट्रोलियम पदार्थबाट चल्ने ट्याक्सीको सुरुको फ्लाग डाउन ५० रुपैयाँ कायम भएको छ। यस्तै, दिउँसोको समयमा प्रति २०० मिटरको भाडा ८ रुपैयाँ ८० पैसाबाट बढाएर १० रुपैयाँ कायम गरिएको छ।

रात्रिकालीन ट्याक्सी सेवामा सुरुको फ्लाग डाउन ५० रुपैयाँ नै कायम राखिएको छ भने प्रति २०० मिटरको भाडा १५ रुपैयाँ पुर्‍याइएको छ। यस्तै, बिजुलीबाट चल्ने ट्याक्सीको सुरु फ्लाग डाउन ५० रुपैयाँ नै कायम भएको छ। बिजुलीबाट चल्ने ट्याक्सीको दिउँसोको समयका लागि प्रति २०० मिटरको भाडा ९ रुपैयाँ कायम भएको छ। यस्तै, रात्रिकालीन सेवाका लागि प्रति २०० मिटरको भाडा १३ रुपैयाँ कायम गरिएको छ।

प्रदेश सरकारले काठमाडौं उपत्यकामा सञ्चालन हुने सार्वजनिक सवारीको भाडा पनि बढाएको छ। प्रदेश सरकारले ० देखि ५ किलोमिटरसम्मको भाडा भाडा १८ रुपैयाँबाट बढाएर २० रुपैयाँ पुर्‍याएको छ।

यस्तै, ० देखि १० किलोमिटरसम्मको २३ बाट बढाएर २५ रुपैयाँ, ० देखि १५ किलोमिटरसम्मको भाडा २७ रुपैयाँबाट बढाएर ३० रुपैयाँ, ० देखि २० किलोमिटरसम्मको ३० रुपैयाँबाट बढाएर ३३ रुपैयाँ र २० किलोमिटरभन्दा माथिको भाडा ३५ रुपैयाँबाट बढाएर ३८ रुपैयाँ कायम गरिएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत