द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन छैठौं वर्ष पुरा गरेर सातौँ वर्षमा प्रवेश गरेको छ। दोलखाका बसन्त लामाको नेतृत्वमा खुलेको बर्गर हाउस शहरमा बर्गर पारखीहरुका लागि छुट्टै ब्रान्ड भएको नाम हो।
२०७२ चैत्र ३० गते शंखमुलको अन्डरग्राउण्डबाट सुरु भएको बर्गर हाउसको सफलताको छुट्टै कथा छ। शंखमुलबाट विस्तार भएको उनको रेस्टुरेन्टको आउटलेट अहिले काठमाडौँका प्राय सबै प्रमुख चोकमा देख्न पाइन्छ।
राजधानीमा ६० र राजधानी बाहिर ५० वटा आउटलेट गरि ११० स्थानबाट सेवा दिईरहेको द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन बर्गरको क्षेत्रमा नेपालमा छुट्टै साम्राज्य विस्तार गर्न सफल भएको छ ।
सफल व्यवसायीको छवि बनाएका लामा राजनीतिक र सामाजिक क्षेत्रमा पनि सक्रिय छन् । नेकपा एमालेको तर्फबाट दोलखाको मेलुङ्ग गाउँपालिका वडा नं ३ मा वडाअध्यक्षको टिकट पाएका लामा एमाले निकट राष्ट्रिय युवा संघ, नेपालका केन्द्रिय सचिवालय सदस्य समेत हुन् । मेलम्चीको बाढी पिडितलाई १५ लाख भन्दा बढीको राहत वितरण गरेका लामा थुप्रै सामाजिक संघ-संस्थामा पनि आवद्ध छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ