मङ्लबार, माघ ८, २०८१

नयाँ वर्ष मनाउन कालिञ्चोकमा भीड


कान्तिपथ



दोलखाको पर्यटकीय क्षेत्र कालिञ्चोक नेपालीहरूको नयाँ वर्ष २०७९ मनाउने आउने पर्यटकले भरिभराउ भएको छ । नयाँ वर्षको स्वागत गर्न दोलखाको कालिञ्चोक क्षेत्रमा आन्तरिक पर्यटकको भीड लागेको हो । देशका विभिन्न क्षेत्रबाट बुधबार बेलुकादेखि नै पर्यटक कालिञ्चोक पुगेका हुन् । तीन हजार ८४२ मिटर उचाइको प्रसिद्ध कालिञ्चोक भगवतीको मन्दिरमा दर्शन गर्ने भक्तजनको बिहानैदेखि भीड लागेको मन्दिरका पुजारी पशुराम घिमिरेले बताउनुभयो । कालिञ्चोक क्षेत्रमा विशेषगरी धार्मिक पर्यटक धेरै मात्रामा जाने गरेको पाइन्छ ।

नयाँ वर्षमा आउने पर्यटकका लागि कालिञ्चोकका व्यवसायीले विशेष छुटको व्यवस्थासमेत गरेका छन् ।

दोलखा, सिन्धुली, बर्दिवास छोटो दूरीको यातायातबाट जोडिएसँगै हिमाली जिल्ला दोलखामा तराई केन्द्रित पर्यटकको सङ्ख्या वृद्धि भएको छ । तराईबाट तीन घण्टाको दूरीमै चरिकोट आउन सकिने हुँदा गर्मी छल्नका लागि पारिवारिक भ्रमणमा तराई तथा भारतका केही क्षेत्रका मानिस दोलखा आउने गरेको पाइन्छ । कालिञ्चोकसँगै दोलखाको पर्यटकीय क्षेत्र जिरी सैलुङ, खरिढुङ्गा, फिलिमसिटी गुराँसपार्कलगायत क्षेत्र आन्तरिक पर्यटकले भरिएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत