सोमवार, अशोज २८, २०८१

भाटभटेनी जात्राको तयारी पूरा


कान्तिपथ



टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष मनाइने भाटभटेनी जात्रा आजदेखि सुरु हुँदै छ ।

प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु गरिने भाटभटेनी जात्रा आजदेखि काठमाडौँ महानगरपालिका–५ को हाँडीगाउँ र वडा नंं ४ को टुँडालदेवी बालुवाटार क्षेत्रमा मनाइँदै छ । जात्राका लागि नक्सालको माने खटसमेत ल्याइने जात्रा सञ्चालन समितिका अध्यक्षसमेत रहनुभएका काठमाडौँ–५ का अध्यक्ष रमेश डङ्गोलले जानकारी दिनुभयो ।

भातको देउता बनाएर आज टुँडालदेवीमा लगिने जानकारी पनि उहाँले गराउनुभयो । आज बेलुकीदेखि हुने जात्राका लागि सबै तयारी पूरा भएको जनाइएको छ । काठमाडौँमा मनाइने महत्वपूर्ण र अद्वितीय जात्रामध्ये भाटभटेनी पनि एक हो । यसलाई हाँडीगाउँ, टुँडालदेवी र गहना खोज्ने जात्रा भनेर पनि चिनिन्छ ।

यही जात्राका लागि भाटभटेनीलाई रङरोगन गर्न मन्दिरबाट बाहिर निकालिन्छ । यो जात्राको सुरु भएका सम्बन्धमा एउटा कथा प्रचलित छ । धेरै वर्ष पहिले चण्डोलको टुँडालदेवी, नक्सालको महालक्ष्मी, बालाजुको मनमैँजु र नुवाकोटी देवी स्नान गर्न भनी ठूलो ताल हाल गहनापोखरी भएको स्थानमा गएछन् । स्नान गर्ने क्रममा टुँडालदेवीको गहना पोखरीमा हराएछ । त्यसैबेलादेखि यो पोखरीको महत्व बढ्नाका साथै नाम पनि गहनापोखरी राखिएको रहेछ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत