सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • अपराध
  • ‘हत्यारा हौं पक्राउ गरेर देखा’ भन्दै प्रहरीलाई चुनौती दिएर भिडियो सार्वजनिक गर्ने ४ जना कर्याप्पै !

‘हत्यारा हौं पक्राउ गरेर देखा’ भन्दै प्रहरीलाई चुनौती दिएर भिडियो सार्वजनिक गर्ने ४ जना कर्याप्पै !


कान्तिपथ


कैलालीको जानकी गाउँपालिका–९ का २५ वर्षीय अरुण दासको हत्या प्रकरणमा संलग्न रहेको आरोपमा प्रहरीले ४ जनालाई पक्राउ गरेको छ। महानगरीय महानगरीय अपराध महाशाखा समेतबाट खटिएको प्रहरी टोलीले उनीहरुलाई भारतबाट पक्राउ गरेको हो।

पक्राउ परेकाहरुलाई महाशाखाले काठमाडौंमा आज पत्रकार सम्मेलन गरी सार्वजनिक गरेको छ। दास हत्या घटनाका मुख्य अभियुक्त प्रहरीलाई नै चुनौती दिँदै हिँडे पनि पक्राउ पर्न सकेका थिएनन्। कैलालीमा पुस पहिलो साता दासको घाँटी रेटेर टाउको छिनालेको अवस्थामा शव फेला परेको थियो। अमरावती सामुदायिक जंगलमा नग्न अवस्थामा घाँटी रेटेको अवस्थामा दासको शव भेटिएको थियो।

दास हत्याका मुख्य अभियुक्त मनोज भण्डारी भएको प्रहरीले जनाएको छ। हत्यापछि अरुणले एक जनालाई फोन नै गरेर दासको हत्या गरेको भनेको अडियो नै सार्वजनिक भएको थियो भने भण्डारीले ‘हामी हत्यारा हौं पक्राउ गरेर देखा’ भनेको भिडियो पनि बाहिर आएको थियो।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत