नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले स्थानीय तहको चुनावमा सत्ता गठबन्धन बीचको तालमेल सबैतिर गर्ने कोसिस भए पनि सहज नबनेको बताएका छन्।
उपलब्ध पूर्व स्थायी समिति सदस्य र प्रदेश इन्चार्जहरुहको शुक्रबार बिहान खुमलटारमा बसेको बैठकमा प्रचण्डले गठबन्धनमा रहेका दलहरुले आफ्नो शक्तिलाई अतिरन्जित रुपमा दावी गरेकाले पनि कुरा मिलाउन अप्ठ्यारो भएको बताएका थिए। बैठकमा ७ वटै प्रदेशका इन्चार्जहरूले पार्टी र तालमेलको अवस्थाबारे जानकारी गराएका थिए।
प्रचण्डले कांग्रेससँग सकेसम्म ‘बार्गेनिङ’ गर्ने नभए गठबन्धनका अन्य पार्टीहरुसँग मिलेर कांग्रेससँग पनि स्वस्थ प्रतिस्पर्धा हुने बताएका थिए। ‘कांग्रेससँग सकेसम्म बार्गेनिङ गर्ने हो,’ प्रचण्डको भनाइ थियो, ‘जति हुन्छ लिने, नभए प्रष्पिर्धा गर्ने हो।’ गठबन्धनमा एकीकृत समाजवादी, जसपा र जनमोर्चा पनि सम्मिलित छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ