सोमवार, अशोज १०, २०७९

प्रचण्डले रोके युवा नेता अन्सारी माथिको कारबाही


कान्तिपथ


पर्साको वीरगञ्जका चर्चित युवा नेता रहबर अन्सारीलाई नेकपा माओवादी केन्द्रले तत्कालै कारबाही नगर्ने भएको छ। मधेश प्रदेशको वीरगञ्जस्थित माओवादी पार्टी कार्यालय तोडफोड गरेको विषयमा त्यहाँका नेता रहबर अन्सारीलाई स्थानीय कमिटीले बिहीबार निष्कासन गरेको थियो।

तर शुक्रबार बसेको माओवादीको केन्द्रीय कार्यालय बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले रबहरमाथि तत्कालै कारबाही गर्नुपर्ने कारण नरहेको बताएका छन्।

तल्लो कमिटीले रहबरमाथि कारबाही गर्दै केन्द्रमा सिफारिस पठाएको थियो। ‘कारबाही गर्नुपर्ने भए हामी केन्द्रबाटै आधिकारिक निकायबाट गर्छौँ’, उनले भने, ‘तर अहिले नै रबहरमाथि कारबाही गर्नुपर्ने अवस्था जस्तो बुझेको छैन।’

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत