अकुत सम्पत्तिसम्बन्धमा गुण्डानाइके तथा काँग्रेस नेता गणेश लामाविरुध्द सम्पत्ति शुध्दिकरण विभागले दायर गरेको रिटउपर आज सर्वोच्च अदालतमा सुनुवाइ हुने भएको छ । विभागले २०७५ असोजमा दायर गरेको रिटको सुनुवाइका लागि आज डा.आनन्दमोहन भट्टराई र मनोजकुमार शर्माको संयुक्त ६ नम्बर इजलाशमा मुद्दाको पेसी चढेको हो ।
लामा काँग्रेस नेता विजयकुमार गच्छदार निकट हुन् । उनी काभ्रेपलाञ्चोक जिल्लामा नेपाली काँग्रेसको राजनीति गर्छन् । उक्त मुद्धाको दर्ता नम्बर 075-CR-1216 रहेको छ । मुद्धामा गणेश लामा, लक्ष्मी लामा, पाल्साङ्ग लामा, रञ्जु लामा, विनोद लामा/राकेश लामा प्रतिवादी रहेका छन् ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ