काठमाडौं : बुढानिलकण्ठ नगरपालिका–८ स्थित गल्फुटारबाट प्रहरीले चितुवाको छालासहित ४ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गुल्मी घर भएका ३५ वर्षीय विष्णु सुनार, ओखलढुंगा घर भएका २९ वर्षीय फुरी शेर्पा, धादिङ घर भएका बिनोद श्रेष्ठ र सिन्धुलीका बिकास पुर्कुटी छन् ।
प्रहरी प्रभाग बुढानिलकण्ठका इन्स्पेक्टर अनिल ठकुरी नेतृत्वको टिमले उनीहरुलाई पक्राउ गरेको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ । गल्फुटार पूर्व पश्चिम गेष्ट हाउसमा आरोपीहरुले लुकाएर राखेको १ थान चितुवाको छाला प्रहरीले बरामद गरेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ