नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष बाबुराम भट्टराई र केन्द्रीय परिषद अध्यक्ष उपेन्द्र यादवबीच भेटवार्ता भएको छ।
आज सिंहदरबारस्थित माओवादी संसदीय दलको कार्यालयमा उनीहरूबीच भएको भेटवार्तामा चुनाव केन्द्रित छलफल भएको थियो। उनीहरूबीच करिब एक घन्टा छलफल भएको थियो। माओवादी र जसपा सरकारमा छन्।
सत्तारूढ पाँच दलबीच तालमेल गरेर चुनावमा जाने सहमति छ। तर पालिकास्तरमा भने चुनावी तालमेल हुने वा नहुने भन्नेमा अझै यकिन भइसकेको छैन। स्रोतका अनुसार ३ नेताबीच कांग्रेससँग तालमेल नभए चुनावी तालमेल हुँदै पार्टी एकतासम्मको छलफल चलेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ