मोरङ (गोठगाउँ), ४ वैशाख । पत्रकार सुशील दर्नाललाई पूर्वाञ्चल विश्वविद्यालयले ‘ओम प्रकाश गोयल गोल्ड मेडल’ प्रदान गरेको छ । विश्वविद्यालयले २०७७ साल (सन् २०२०) मा ‘मास्टर अफ आटर्स इन मास कम्युनिकेशन एण्ड जोर्नालिज्म’ (एमएएमसिजे) प्रोग्राममा सर्वप्रथम भएवापत सो मेडल प्रदान गरेको हो । पोलिगन कलेज काठमाडौँमा अध्ययन गर्नुभएका दर्नालले ३.३९ जिपिए (फस्ट डिभिजन) प्राप्त गरेर गोल्ड मेडल प्राप्त गर्नुभएको हो ।
विगत १३ वर्षदेखि राष्ट्रिय समाचार समिति (रासस) मा पत्रकारिता गर्दै आउनुभएका उहाँलाई विश्वविद्यायद्धारा यहाँ आज आयोजित ‘दशौँ दीक्षान्त समारोह’ मा शिक्षा, विज्ञान तथा प्रबिधिमन्त्री देबेन्द्र पौडेल र तिलगंगा आँखा प्रतिष्ठान, गौशाला, काठमाडौंका संस्थापक तथा कार्यकारी निर्देशक प्राडा. सन्दुक रूईतको बाहुलीबाट स्वर्णपदक प्रदान गरिएको हो । रैनादेवी छहरा–५,मुझुङ्ग, पाल्पा, मा जन्मिनुभएका दर्नालले सामाजिक विषयमा लेख्दै आउनुभएको छ । पत्रकार दर्नालले पत्रकारिताको क्षेत्रमा योगदान पु¥याएवापत् ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार–२०७३’, ‘बाल संवेदनशील राष्ट्रिय पत्रकारिता पुरस्कार–२०७४’,‘रिपोर्टर्स क्लब–उत्कृष्ट युवा पत्रकारिता पुरस्कार–२०७४’ ‘मानव बेचविखन तथा ओसारपसार विरुद्ध जनजागरण सम्मान–२०७६’ लगायत दर्जनौँ सम्मान तथा पुरस्कार प्राप्त गरिसक्नुभएको छ । समारोहमा विश्वविद्याय स्वर्ण पदक र विभिन्न संंकायबाट २०७४ सालदेखि २०७७ सालभित्र सर्वप्रथम हुने ४२ जना विद्यार्थीलाई स्वर्ण पदक प्रदान गरिएको थियो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ