आइतवार, फाल्गुन ४, २०८१

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि


कान्तिपथ


५ बैशाख भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितहरुको सङ्ख्या झण्डै ९० प्रतिशतले बृद्धि भएको छ ।कोरोनाभाइरसको नयाँ भेरियन्टको रुपमा रहेको ओमिक्रोनको सङ्क्रमण पछिल्लो केही दिनदेखि फेरि बढ्न थालेको छ सोमबार दिइएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा एक हजार १५० जना सङ्क्रमित भएका छन् ।

त्यसैगरी पछिल्लो एक दिनमा एक हजार ९८५ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएका छन् । संघीय स्वास्थ्य मन्त्रालयले भारतमा अहिले ११ हजार ५४२ जना सक्रिय सङ्क्रमितहरु रहेका छन् । भारतमा अहिलेसम्म कोरोना भाइरसबाट सङ्क्रमित भएर सङ्क्रमणमुक्त भइसकेकाहरुको सङ्ख्या चार करोड २५ लाख १० हजार ७७३ पुगेको छ । कुल सङ्क्रमित मध्ये ९८.७६ प्रतिशत सङ्क्रमणमुक्त भएका छन् । मन्त्रालयका अनुसार भारतमा अहिलेसम्म पाँच लाख २१ हजार ९६५ जनाको कोरोनाका कारण मृत्यु भएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत