सोमवार, मंसिर २४, २०८१

बिगु गाउँपालिका: माओवादीका ओली र एमालेका केसी भिड्ने पक्कापक्की !


कान्तिपथ


नेकपा माओवादी केन्द्रले विगु गाउँपालिकाको अध्यक्षमा सञ्जिव ओलीलाई उम्मेदवार बनाउने भएको छ । ओली कांग्रेस-मओवादी-समाजवादीको गठबन्धनको साझा उम्मेदवार बन्ने लगभग तय भएको छ ।

उनी यसअघि २०७४ सालको स्थानीय निर्वाचनबाट विगु गाउँपालिकाका उपाध्यक्ष बनेका थिए । यो सँगै माओवादी केन्द्र दोलखाले हालसम्म जिल्लाको ६ वटा पालिकामा पालिका अध्यक्षको उम्मेदवार टुङग्याएको छ । अन्य ३ स्थानीय तहमा भने घोषणा हुन बाँकी रहेको छ ।

नेकपा (एमाले) ले भने बिगु गाउँपालिका अध्यक्षमा पुर्व जिविस सभापति लालकुमार केसीलाई उठाउने लगभग तय भएको छ । केसी एमालेका लोकप्रिय र पुराना नेता हुन् । २०५४ मा जिविस सभापति बनेका केसी डोरमणि पौडेल मुख्यमन्त्री हुँदा कृषि विज्ञ थिए । नेकपा (माले) बाट प्रदेश सांसद लडेका केसी पशुपति चौलागाईंसंग पराजित भएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत