मङ्लबार, माघ १, २०८१

जलेश्वरमा चुनावी सरगर्मी बढ्दै


कान्तिपथ


महोत्तरी जिल्लामा आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचन नजिकिएसँगै जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाको मेयर पदका लागि विभिन्न दलका सम्भावित उम्मेदवारको चर्चा चल्न थालेको छ ।

नेपाली कांग्रेसको तर्फबाट सो नगरपालिकाको सम्भावित मेयर पदका उम्मेदवारमा अशोक साहको नाउँ चर्चामा छ । उहाँ यसअघि २०७४ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा पनि मेयरमा उठ्नुभएको थियो ।

यसैगरी लोकतान्त्रिक समाजवादी पार्टी नेपालले रामशंकर मिश्रलाई नै पुन : मेयर पदमा सिफारिस गरको छ भने जनता समाजवादी पार्टी नेपालले सुरेश साह सोनारलाई छनौट गरेको जनाइएको छ ।

यसैगरी नेकपा (एमाले)का तर्फबबाट सम्भावित उम्मेदवारमा रामआधार कापरको नाउँ अगाडि आएको छ । यसअघि उहाँ २०७४ को निर्वाचनमा प्रदेश नं.२ को प्रदेशसभा सदस्यमा नेकपा माओवादी केन्द्रबाट चुनाव लड्नुभएको थियो । आसन्न निर्वाचनमा नेकपा (माओवादी केन्द्र)ले कौशलेन्द्र शर्मा र नेकपा ( एकीकृत समाजवादी ) ले दिपु झालाई मेयर पदका लागि सिफारिस गरेको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत