मङ्लबार, माघ ८, २०८१

चितवनका नेता बोलाएर देउवालले भने: भरतपुर माओवादीलाई दिनु पर्ने भो !


कान्तिपथ


प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चितवनको भरतपुर महानगरको मेयर नेकपा माओवादी केन्द्रलाई छाड्नुपर्ने अवस्था आएको बताएका छन्। आज चितवन कांग्रेस सभापति राजेश्वर खनाललाई बालुवाटार बोलाएर सभापति देउवाले सत्तागठबन्धनका कारण भरतपुरको मेयर कांग्रेसले लिन नसक्ने अवस्था देखिएको बताएका हुन्।

उनले भरतपुर महानगरमा गठबन्धनले गर्ने निर्णयलाई सहयोग गर्न पनि आग्रह गरेका थिए। ०७४ मा पनि भरतपुरको मेयर कांग्रेसले माओवादीलाई छाडेको थियो। कांग्रेसको समर्थनमा माओवादी नेता रेनु दाहाल भरतपुरको मेयर भएकी थिइन्।

बालुवाटारमा आज भएको बैठकमा उपसभापति पूर्णबहादुर खड्का, बागमती कांग्रेस सभापति इन्दबहादुर बानियाँ र चितवन सभापति खनाल थिए। चितवन कांग्रेसले यसपालि भरतपुर महानगरमा पार्टीबाटै उम्मेदवार उठाउनुपर्ने बताउँदै आएको थियो। शीर्ष नेताहरूलाई भेटेर पनि चितवन कांग्रेसका नेताहरूले भरतपुर महानगर माओवादीलाई नछाड्न भनेका थिए।

सत्तागठबन्धनमा छ महानगरमा भागबन्डा गरेर जाने विषयमा छलफल भइरहेको छ। जसअनुसार काठमाडौँ, ललितपुर, विराटनगर कांग्रेसलाई भरतपुर माओवादी, विरगंज जसपा र पोखरा-लेखनाथ एकीकृत समाजवादीले लिने गरि सहमति बन्ने बिन्दुमा नेताहरु पुगेका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत