बिहिबार, फाल्गुन १, २०८१

भुवन केसी र रवीन्द्र खड्काले भोलि एमाले पार्टी परित्याग गर्दै


कान्तिपथ


काठमाडौं, ६ बैशाख । कलाकारहरु भुवन केसी र रवीन्द्र खड्काले एमाले परित्याग गर्ने भएका छन् । उनीहरुले भोलि (बुधबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै एमाले परित्याग गरेको घोषणा गर्न लागेका हुन् ।

पछिल्लो समय पार्टीले बेवास्ता गरेको भन्दै उनीहरु असन्तुष्ट थिए । केसी र खड्का दुवैले स्थानीय तहको निर्वाचनमा टिकट पाउने अपेक्षा गरेका थिए । तर, पार्टी नेतृत्वले टिकट दिने बेवास्ता गरेपछि उनीहरु दुवैले पार्टी त्याग्न लागेका हुन् ।

केसीले काठमाडौं महानगरपालिकाको नेतृत्वमा चुनाव लड्ने चाहना राखेका थिए । उनले यसबारेमा पार्टी नेतृत्व पँक्तिलाई पनि जानकारी गराएका थिए । तर, नेतृत्वले उनलाई टिकट दिन अस्विकार गरेपछि उनी असन्तुष्ट थिए ।

अर्का कलाकार खड्का भने काभ्रेको पनौती नगरपालिकाबाट मेयरमा उठ्न चाहन्थे । उनलाई पनि एमालेले टिकट नदिने भएपछि उनी अब कांग्रेसमा प्रवेश गर्ने बताईएको छ ।

कांग्रेसले भने उनलाई पनौती नगरपालिकाको मेयरको टिकट दिने आश्वासन दिएको छ । भुवन केसी त अधिवक्ता स्वागत नेपाल नेतृत्वको उन्नत लोकतान्त्रिक पार्टीबाट काठमाडौंको मेयरमा उठ्ने चर्चा थियो । तर, पछि केसीले फेशबुकमार्फत आफू अहिले मेयरमा उठ्न असमर्थ रहेको स्पष्ट पारेका थिए ।




सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत