शनिबार, माघ ५, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • गठबन्धनमा टुङ्गियो महानगरको भागबण्डा : भरतपुर माओवादी र पोखरा समाजवादीलाई

गठबन्धनमा टुङ्गियो महानगरको भागबण्डा : भरतपुर माओवादी र पोखरा समाजवादीलाई


कान्तिपथ


नेपाली काँग्रेसले पोखरा महानगरको दावीबाट पछि हटेसँगै सत्ता गठबन्धनमा ६ वटै महानगरको भागबण्डा टुङ्गिएको छ । यसअघि पोखरा महानगरमा काँग्रेस र नेकपा एकीकृत समाजवादीले दावी गर्दा गठबन्धनमा परेको गाँठोका कारण महानगरको भागबण्डा टुङ्गिन सकेको थिएन ।

पोखरा महानगरका कारण गठबन्धन नै टुट्ने अवस्था आएपछि काँग्रेस सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले मंगलबार पोखरेली काँग्रेसका नेताहरुलाई बोलाएर गठबन्धनको बाध्यताले पोखराको नेतृत्वको दावी छोड्नुपर्ने अवस्था आएको बताएका थिए । यो सँगै मुलुकका ६ महानगरमध्ये नेपाली काँग्रेसले तीन महानगर क्रमशः काठमाडौं, ललितपुर र विराटनगरको नेतृत्व पाउने भएको छ भने माओवादी केन्द्रले भरतपुर, जसपाले वीरगञ्ज र नेकपा एकीकृत समाजवादीले पोखरा महानगरको नेतृत्व गर्न पाउने भएका छन् ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत