यहि वैशाख ३० गते हुने स्थानिय तहको निर्वाचनमा रामेछाप जिल्लामा सत्ता गठबन्धनबीच चुनावी तालमेल नहुने भएको छ । आज साँझ बसेको सत्ता गठबन्धनको बैठकमा सहमती जुट्न नसकेको नेपाली कांग्रेस रामेछापका सभापति पुर्ण ब तामाङ(कान्छाराम)ले बताउनुभयो ।
केन्द्रको निर्देशन अनुसार चुनावी तालमेलको बिषयमा पटकपटक छलफल गर्दा पनि सिट बाँडफाँडको विषयमा कुरा नमिलेको उहाँले बताउनुभयो । माओवादीले सुनापति गाउँपालिका,दोरम्बा शैलुङ गाउँपालिका,खाँडादेवी गाउँपालिका र मन्थली नगरपालिकामा दावी गरेको थियो । माओवादीले चार वटा स्थानीय तहमा दावी गरेपछि कांग्रेसले पनि रामेछापको पाँच वटा स्थानीय तह दावी गरेको थियो ।
एकीकृत समाजवादीले मन्थली नगरपालिकामा दावीको गरेको थियो । सिट बाँडफाँडको बारेमा सहमती हुन सकेन अब एक्ला एक्लै चुनाव लड्छौँ र धेरै पालिकामा चुनाव जित्छौँ सभापति कान्छाराम तामाङले पत्रकार सङ भन्नुभयो । कांग्रसले स्थानिय तहका आफना उम्मेद्वारहरुलाई ९ गते भित्रै टिकट बाँडिसक्ने उहाँले बताउनुभयो ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ