अख्तियार दुरुपयोग अनुसन्धान आयोगले तत्कालीन प्रदेश ५ सरकारका प्रदेश सचिव वैकुण्ठ अधिकारीसहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । प्रदेश सचिव अधिकारी, महाशाखा प्रमुख श्रीधर ज्ञवाली र कृषि प्रसार अधिकृत मुकेश राम्जाली नेपालीले भ्रष्टाचार गरेको आरोपसहित आयोगले मुद्दा दायर गरेको हो ।
उनीहरूले प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको यान्त्रिकीकरण कार्यक्रमअन्तर्गत अध्ययन र स्थलगत अनुगमन नगरी झुठा बिल भर्पाइ बनाएर दोहोरो भुक्तानी गरी प्रदेश सरकारलाई हानी पु¥याएको भन्दै आयोगले मुद्दा दायर गरेको हो ।
मिनी टिलर खरिदमा उनीहरूले ६ लाख २२ हजार ५०० रुपैयाँ बराबरको झुट्ठा बिल भरपाइ बनाएर दोहोरो भुक्तानी गरी प्रदेश सरकारलाई गैरकानुनी हानी पु¥याएको आयोगले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । १२ वटा मिनी टिलरको खरिदमा उनीहरूले प्रदेश सरकारलाई ३७ लाख १५ हजार हानी रुपैयाँ हानी पु¥याएको अख्तियारले जनाएको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ