अनलाइन गेम ‘फ्रि फायर’ खेल्नेक्रममा चिनजान भएकी १३ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा प्रहरीले काठमाडौको मातातीर्थबाट २७ वर्षीय एक युवकलाई पक्राउ गरेको छ। चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ बस्ने २७ वर्षका महेश उदासलाई बालिका बलात्कार गरेको आरोपमा पक्राउ गरिएको प्रहरीले जनाएको छ। बालिकाका अभिभावकले जिल्ला प्रहरी कार्यलय पाल्पामा आफ्नी १३ वर्षकी छोरी हराएको भन्दै खोजीका लागि निवेदन दिएका थिए।
प्रहरी परिसर काठमाडौं र मातहतका वृत्त तथा प्रभागबाट खटिएको टोलीले चन्द्रागिरी नगरपालिका ८ मातातीर्थ घर भएका उदासलाई सोही ठाउँबाट पक्राउ गरेको हो। प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीका अनुसार बालिकाले उदाससँग विगत एक वर्षदेखि फ्रि फायर गेम खेल्दै आएकी थिइन्। त्यही क्रममा बालिका र युवकबीच फोन र फेसबुक म्यासेञ्जरमा कुराकानी, भिडियो कल हुने गरेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
युवकले बालिकालाई विवाहको आश्वासन दिएर गएको चैत २९ गते पाल्पाबाट मोटरसाईकलमा काठमाडौं ल्याई चैत ३० गते बसुन्धराको एक होटलमा राखेर बलात्कार गरेका प्रहरीले जनाएको छ। बालिकालाई लिन उनी मोटरसाइकल लिएर पाल्पा पुगेका थिए। बलात्कृत बालिकालाई प्रहरीले मातातीर्थबाट उद्धार गरेको छ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ