नेकपा (एमाले) दोलखाले धमाधम उम्मेदवारको टुंगो लगाउन थालेको छ । आज कालिन्चोक गाउँपालिकाको अध्यक्षमा युवा नेता तथा जिल्ला कमिटी सदस्य गणेश शिवाकोटी सर्वसम्मत सिफारिस भएका छन् ।
कालिन्चोकमा शिवाकोटी र थामी समुदायको भोटलाई निर्णायक मानिन्छ । एमालेले अध्यक्ष र उपाध्यक्षमा शिवाकोटी र थामीको सन्तुलन मिलाएर उम्मेद्वारी दिने भएको छ । उपाध्यक्षमा कविता थामी सिफारिस भएकी छन् । शिवाकोटी सम्पर्क मंचका निवर्तमान अध्यक्ष समेत हुन् ।
एमालेका जिल्ला सचिव हिरा कुमार थोकर मेलुङ्ग गाउँपालिका अध्यक्षमा सिफारिस भएका छन् । उनी वर्तमान वडा अध्यक्ष समेत हुन् । मेलुङ्गमा गायत्री आचार्य उपाध्यक्ष बन्ने भएकी छन् ।
त्यस्तै एमालेले बिगु गाउँपालिकामा अच्युतम कटवाल अध्यक्ष र देविका थामी उपाध्यक्ष, तामाकोशी गाउँपालिकामा अभिषेक सुवेदी अध्यक्ष र अम्बिका पोखरेल उपाध्यक्ष सिफारिस भएका छन् ।
शैलुङमा चर्चित र निष्ठावान नेता, पुर्व गाविस अध्यक्ष धन बहादुर तामाङ अध्यक्षमा उम्मेदवार भएका छन् भने पार्वती कार्की थापा उपाध्यक्षको उम्मेदवार बन्ने भएकी छन् ।
गाउँपालिकाको सेट नै फेरेको एमालेले दुई नगरपालिकाको मेयर-उपमेयरमा भने पुरानै अनुहारलाई निरन्तरता दिएको छ । जिरीको मेयरमा भने मित्र जिरेल उम्मेदवार बन्ने भएका छन् । गाउँपालिकामा जंग गुरुङ अध्यक्ष र मुना शिवाकोटी उपाध्यक्षको उम्मेदवार बन्ने भएका छन् ।
बैतेश्वर गाउँपालिका अध्यक्षमा माधव प्रसाद घिमिरे अध्यक्ष र नविना लामा उपाध्यक्षमा सिफारिस भएका छन् । सबै पालिकाका उम्मेदवार टुंगो लाएर एमाले चुनावमा होमिंदा गठबन्धन भने भागबण्डाको हलो अड्किएर बसेको छ ।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ