सोमवार, जेष्ठ २, २०७९

वडासम्मै मिल्यो गठबन्धन: धरानमा गठबन्धन एकजुट !


कान्तिपथ


आगामी वैशाख ३० गते हुने निर्वाचनका लागि धरान उपमहानगरपालिकामा चार दलीय गठबन्धनबीच प्रमुख उपप्रमुखसहित सबै वडामा भागबण्डा मिलेको छ । उपमहानगरमा प्रमुख,उपप्रमुख,वडाध्यक्ष,वडा सदस्य,कार्यपालिका सदस्य र नगरसभा सदस्य पदमा नेपाली काँग्रेस,नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी र नेकपा एकीकृत समाजवादी पार्टी बीच सहकार्य गरेर जाने सहमतिअनुसार ३० गते हुने चुनावका लागि वडा तहसम्मको सबै पदमा भागबण्डा मिलेको हो ।

जसअनुसार नेपाली काँग्रेसले प्रमुख सहित वडा नम्बर १,२,५,६,७,८,९,११,१२,१३,१४,१६ र १८ को अध्यक्ष पाउने भएको छ । यस्तै नेकपा माओवादी केन्द्रले उपप्रमुखसहित वडा नम्बर ३, १५, १७ र २० को अध्यक्ष पाउने भएको छ । यसैगरी जनता समाजवादी पार्टीले वडा नम्बर १० र १९ पाउँदा नेकपा एकीकृत समाजवादी पार्टीले वडा नम्बर ४ को अध्यक्ष पाउने गरी सहमति भएको छ ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत