सोमवार, चैत्र ३०, २०८२

वीरगन्ज महानगरपालिकामा एमाले र लोसपाको गठबन्धन


कान्तिपथ


वीरगन्ज महानगरपालिकामा नेकपा एमाले र लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बीच चुनावी तालमेल हुने भएको छ। बिहिबार वीरगन्जमा पत्रकार सम्मेलन गरि नगर प्रमुख एमालेलाई र उपप्रमुख लोसपालाई दिने गरी सहमति गरेका हुन्।

आगामी वैशाख ३० गते हुने चुनावमा वीरगन्जको मेयरमा एमालेका विजयकुमार सरावगी उम्मेदवार बन्ने भएका छन् भने उपमेयरमा लोसपाले टुंगोलगाइसकेको छैन। सरावगी वर्तमान मेयर हुन्। उनी हालै मात्र एमालेमा प्रवेश गरेका थिए। एमालेका उम्मेदवार सरावगीका अनुसार वडासम्मै तालमेल गर्ने सहमति भइसकेको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत