मङ्लबार, माघ १, २०८१

जर्मनीका अर्थमन्त्रीलाई कोभिड–१९ को संक्रमण पुष्टि


कान्तिपथ


८ बैशाख जर्मनीका अर्थमन्त्री क्रिस्चियन लिन्डनरलाई कोभिड–१९ पोजिटिभ देखिएको मन्त्रालयका एक अधिकारीले बुधबार जानकारी दिएका छन् । अन्तर्राष्ट्रिय मुद्रा कोष र विश्व बैंकको बैठकका लागि अमेरिकी राजधानी वासिङ्टन पुग्नु भएको लिन्डनरलाई कोरोना पोजेटिभ देखिएको समाचारमा जनाइएको छ ।

लिन्डनरले कोरोना पोजेटिभ देखिनुअघि अर्थमन्त्रीहरू र केन्द्रीय बैंकका अध्यक्षहरूको जी२० बैठक र जी७ बैठकमा भाग लिनु भएको अधिकारीहरुले जानकारी दिएका छन् । जर्मनीले हाल जी७ को अध्यक्षता गर्दै आएको छ । मन्त्री ठिक हुनु भएको र उहाँलाई हल्का लक्षण मात्रै देखिएको मन्त्रालयका अधिकारीहरुले जानकारी दिएका छन् । मंगलबार बर्लिनबाट वाशिंगटन र बुधवार वाशिंगटनमा उनको उडान अघिको परीक्षणहरू नेगेटिभ रहेको बताइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत