बिहिबार, फाल्गुन १, २०८१
  • गृहपृष्‍ठ
  • बिश्व
  • दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित

दक्षिण कोरियामा गत २४ घण्टामा ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित


कान्तिपथ


८ बैशाख दक्षिण कोरियामा गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म ९० हजार ८६७ कोरोनाका नयाँ सङ्क्रमित देखिएको छ । यसैसँगै कोरोनाका कुल सङ्क्रमितको सङ्ख्या १ करोड ६६ लाख ७४ हजार ४५ पुगेको स्वास्थ्य अधिकारीहरूले बिहीबार जानकारी दिएका छन् ।

कोरिया रोग नियन्त्रण र रोकथाम निकायकाअनुसार अघिल्लो दिन कोरोना सङ्क्रमतिको संख्या एक लाख ११ हजार ३१९ रहेको थियो । गत २४ घण्टा अर्थात बुधबार मध्यरातसम्म कोरोना सङ्क्रमणको कारण थप १४७ मृत्यु भएको जनाइएको छ । यसैसँगै कोरोना सङ्क्रमणको कारण दक्षिण कोरियाका कुल मृतकको संख्या २१ हजार ६६७ पुगेको छ ।

साथै कोरोनाको कारण गम्भीर अवस्थामा रहेका संक्रमितको संख्या अघिल्लो दिनको तुलनामा ३८ जनाले बढेर ८४६ पुगेको समाचारमा जनाइएको छ । दक्षिण कोरियामा कोरोना विरुद्वखोपको दुई डोज प्राप्त गर्ने व्यक्तिहरूको संख्या चार करोड ४५ लाख ३० हजार ४२५ रहेको छ । उक्त संख्या कुल जनसंख्याको ८६.८ प्रतिशत भएको जनाइएको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत