सोमवार, अशोज १०, २०७९

‘एरिक टेन हाग’ म्यानचेस्टर युनाइटेडको नयाँ प्रशिक्षकमा नियुक्त


कान्तिपथ


इंग्लिस क्लब म्यानचेस्टर युनाइटेडका नयाँ प्रशिक्षकमा एरिक टेन हाग नियुक्त भएका छन्। यसअघि नै क्लबमा आउने चर्चा भए पनि म्यानचेस्टरले नेदरल्यान्ड्सका टेन हाग प्रशिक्षक नियुक्त भएको बिहीबार पुष्टि गरेको हो। उनले यो सिजनको अन्त्यपछि क्लब सम्हाल्नेछन्।

हाल डच क्लब अयाक्सका प्रशिक्षक रहेका टेन हाग सन् २०१३ मा सर एलेक्स फर्ग्युसनले प्रशिक्षण छाडेपछि म्यानचेस्टरका पाँचौ स्थायी प्रशिक्षक हुन्। गत नोभेम्बरमा ओला गुनर सोल्सरलाई बर्खास्त गर्दै म्यानचेस्टरले राल्फ राग्निकलाई अन्तरिम प्रशिक्षक बनाएको थियो। प्रिमियर लिगअन्तर्गत वाटफोर्डसँग ४-१ गोलले पराजित भएको २४ घन्टा बित्न नपाउँदै सोल्सर बर्खास्तगीमा परेका थिए।

५२ वर्षीय डच प्रशिक्षक टेन हाग तीन वर्षका लागि प्रशिक्षक नियुक्त भएका हुन्। यसअघि उनले सन् २०१७ देखि अयाक्सको प्रशिक्षण सम्हालेका थिए। आफ्नो करिअरमा सेन्टर ब्याक खेल्ने उनले पछिल्लो पटक १९९६ देखि २००२ सम्म ट्वान्टेबाट खेलेका थिए।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत