सोमवार, अशोज २८, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • नेकपाको ७३ औं स्थापना दिवस: प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य भएको छैन !

नेकपाको ७३ औं स्थापना दिवस: प्रतिगमनको खतरा पूर्णरुपमा अन्त्य भएको छैन !


कान्तिपथ


नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिगमनको खतरा पूर्णतः अन्त्य नभएको बताएका छन्। नेपाल कम्युनिष्ट पार्टीको ७३ औं स्थापना दिवसको अवसरमा शुभकामना सन्देश दिँदै उनले यस्तो बताएका हुन्।

सर्वहारा वर्गका नेता एवं विश्व समाजवादी क्रान्तिका नायक भ्लादिमिर इल्यिच लेनिनको १५२औं जन्मजयन्तीसमेत परेको अवसरमा शुभकामना दिँदै उनले जनयुद्ध, ऐतिहासिक जनआन्दोलन लगायत न्याय, समानता र स्वतन्त्रताको संघर्षमा बलिदानी गर्ने शहिदहरूप्रति श्रद्धाञ्जली व्यक्त गरेका छन्। त्यस्तै बेपत्ता योद्धाहरूप्रति सम्मानका साथ घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।

कम्युनिस्ट क्रान्तिकारीहरूको अगुवाइ र लोकतान्त्रिक शक्तिहरूको हिस्सेदारीमा पुँजीवादी जनवादी क्रान्ति आफ्नै विशेषता र मौलिकतासहित सम्पन्न भएको प्रचण्डको भनाइ छ।

शान्ति, समृद्धि र स्थायित्वको ऐतिहासिक जिम्मेवारी पूरा गर्न छोडेर कम्युनिस्ट आन्दोलनको प्रतिगामी प्रवृत्तिले गत वर्ष संघीय गणतन्त्र, लोकतान्त्रिक प्रणाली र संविधानमाथि एकपछि अर्को प्रहार गरेको प्रचण्डले भनेका छन्।

प्रतिगमनविरूद्धको संयुक्त संघर्षको क्रममा गठित वाम–लोकतान्त्रिक गठबन्धन प्राप्त उपलब्धीहरू, लोकतान्त्रिक प्रणाली र संविधानको रक्षा गर्न दृढ रहेको उनको भनाइ छ। ‘आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनले सबै स्थानीय तह र वडाहरूमा तालमेललाई प्रभावकारी बनाउने निर्णय गरेको छ । तसर्थ, आगामी निर्वाचनमा वाम–लोकतान्त्रिक गठबन्धनका उम्मेदवारलाई विजयी गराई संविधान र लोकतन्त्रको रक्षासहित समाजवादको आधार तयार पार्न गठबन्धनमा आवद्ध दलका नेता–कार्यकर्ता र सम्पूर्ण न्यायप्रेमी जनसमुदायमा विशेष अपील गर्दछु,’ प्रचण्डले भनेका छन्।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत