आइतवार, बैशाख २, २०८१
  • गृहपृष्‍ठ
  • राजनिति
  • गले चितवनका कांग्रेस: गठबन्धन विरोधी गतिविधी नगर्न जिल्ला सभापतिको सर्कुलर !

गले चितवनका कांग्रेस: गठबन्धन विरोधी गतिविधी नगर्न जिल्ला सभापतिको सर्कुलर !


कान्तिपथ


नेपाली कांग्रेस चितवनले गठबन्धन विरोधी गतिविधि नगर्न कार्यकर्तालाई सचेत गराएको छ। जिल्ला सभापति राजेश्वर खनालले शुक्रबार एक विज्ञप्ति जारी गर्दै केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै भेला, छलफल, गोष्ठी नगर्न र नगराउन पार्टीका सबै नेता, कार्यकर्तालाई आग्रह गरेका छन्।

‘गठबन्धनलाई नकरात्मक प्रभाव पर्नेगरी केन्द्रीय परिपत्र भन्दा बाहिर गएर कुनै गतिविधि नगर्न आग्रह गर्दछु,’ उनले भनेका छन्, ‘चितवन कांग्रेस गठबन्धनलाई पूर्ण पालना गरी अघि बढ्छ।’

यसअघि कांग्रेस चितवनले भरतपुर महानगरपालिकाको मेयर पार्टीले पाएमात्रै गठबन्धन स्वीकार गर्ने निर्णय गरेको थियो। सभापति खनालको नेतृत्वमा नेताहरुले शीर्ष नेतालाई भेटेर दबाब दिएका थिए। तर केन्द्रीय गठबन्धनले यहाँको मेयर माओवादी केन्द्रले पाउनेगरी भागबण्डा गरेको थियो। खनालले पार्टीको केन्द्रले गरेको निर्णय कार्यकर्ताले मान्नुपर्ने बताए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत