सोमवार, पुस २९, २०८१

बालिका बलात्कार गर्ने एक युवक पक्राउ


कान्तिपथ


पर्वत – बालिकालाई बलात्कार गरेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जलजला गाउँपालिका–३ बारीबेनी बस्ने म्याग्दी बेनी नगरपालिका–४ सुर्केमेलाका २१ वर्षीय सन्देश छिनाल रहेका छन् । उनलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको हो ।

सन्देशले मादक पदार्थ सेवन गरी ती बालिकालाई शौचालयमा बलात्कार गरेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पर्वत र प्रहरी चौकी बारिबेनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत