सोमवार, अशोज १०, २०७९

भारतमा २४ घण्टामा दुई हजार ४५१ कोरोनाका नयाँ सङ्क्रमित


कान्तिपथ


९ बैशाख भारत २४ घण्टाको समयावधी अर्थात बिहीबार मधयरातिसम्म दुई हजार ४५१ व्यक्ति कोरोनाका थप सङ्क्रमति भएपछि यहाँ कुल सङ्क्रमतिको संख्या चार करोड ३० लाख ५२ हजार ४५२ जना पुगेको केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ ।

विगत केही महिनायता न्यून विन्दुमा पुगेको कोरोना भाइरस सङ्क्रमणको पुनः नयाँ संक्रमितको संख्या २ हजार नाघेको यो लगातार तेस्रो दिन हो ।यसका साथै २४ घण्टाको समयमा महामारीका कारण थप ५४ जनाको मृत्यु भएपछि मृत्यु हुनेको संख्या ५ लाख २२ हजार ११६ पुगेको छ ।

यहाँ अझै पनि सक्रिय सङ्क्रमित १४ हजार २४१ जना रहेका पनि सो मन्त्रालयले जानकारी दिएको छ । भारतमा केही महिनायताबाट सक्रिय सङ्क्रमित घट्ने क्रम जारी रहेको थियो । तर केही दिनयताबाट सक्रिय सङ्क्रमति बढेको पाइएको छ ।
२४ घण्टाको समयावधी अर्थात बिहीबार मध्यरातिसम्म एक हजार ५८९ जना कोरोना निको भएका छन् । यसैसँगै हालसम्म ४ करोड २५ लाख १६ हजार ६८ जना सफलतापूर्वक कोरोना सङ्क्रमण निको भएर अस्पतालबाट डिस्चार्ज भएका छन् ।

सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

अध्यक्ष:

विमल ढुंगेल

प्रबन्ध निर्देशक:

देव चौलागाईं

सम्पादक:

जेविन सर्वहारा

मार्केटिङ्ग:

विनोद घिमिरे

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

फोटो/भिडियोग्राफर :

रामकाजी बस्नेत

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत