आइतवार, बैशाख ९, २०८१

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार


कान्तिपथ


सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिबार बस्ने भएको छ । नेताहरुको व्यस्थताका कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत