नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) सिन्धुलीका ७८ जना नेता कार्यकर्ताले सामूहिक राजीनामा दिएका छन् । जिल्ला इन्चार्ज राजन दाहालले आफ्नो निर्वाचन क्षेत्र र श्रीमती दीपा बोहोराको गाउँपालिका अध्यक्ष पद सुरक्षित गर्नका लागि कांग्रेससँग सिट भागबन्डा गरेको आरोप लगाउँदै माओवादीको आधार इलाका मरिण गाउँपालिका समितिका अध्यक्ष गोपाल बुढाथोकीसहित ७८ जना नेता कार्यकर्ताले सामूहिक रुपमा पार्टी त्यागेका हुन्।
गाउँपालिका अध्यक्ष पानीराज बम्जनको कार्यकक्षमा भएको भेलाबाट उनीहरुले सामूहिक राजीनामा दिएका हुन्। गाउँपालिका अध्यक्ष गोपाल बुढाथोकीले बिहीबार नै राजीनामा दिइसकेका थिए भने बाँकी पदाधिकारीहरुले शुक्रबार राजीनामा दिएका हुन्।




देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ