सोमवार, माघ ७, २०८१

दोलखामा टुंगियो गठबन्धन: कहाँ कसलाई ?


कान्तिपथ


स्थानीय तह निर्वाचनका लागि दोलखामा सत्तारुढ गठबन्धनको भागबण्डा शुक्रबार साँझ टुङ्गीएको छ । शुक्रबारको बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनको भागबण्डा टुङ्ग्याएको हो । जस अनुसार सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले ४ पालिका प्रमुख र ५ उपप्रमुख पाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ पालिका प्रमुख र ३ उपप्रमुख पाउने भएको छ । नेकपा एकिकृत समाजवादीले २ पालिका प्रमुखसहित १ उपप्रमुख पाएको छ ।

नेपाली काङ्ग्रेस
प्रमुखः भीमेश्वर नगरपालिका, जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका र बैतेश्वर गाउँपालिका
उपप्रमुखः गौरीशङ्कर गाउँपालिका, तामाकोशी गाउँपालिका, शैलुङ गाउँपालिका, मेलुङ गाउँपालिका, विगु गाउँपालिका
जिल्ला समन्वय: सबै सदस्य

नेकपा माओवादी केन्द्र
प्रमुखः विगु गाउँपालिका, शैलुङ गाउँपालिका, गौरीशङ्कर गाउँपालिका
उपप्रमुखः जिरी नगरपालिका, कालिञ्चोक गाउँपालिका, बैतेश्वर गाउँपालिका
जिल्ला समन्वय: प्रमुख

नेकपा एकिकृत समाजवादी
प्रमुखः तामाकोशी गाउँपालिका, मेलुङ गाउँपालिका
उपप्रमुखः भीमेश्वर नगरपालिका
जिल्ला समन्वय: उप-प्रमुख



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत