आइतवार, असार २९, २०८२

भिमेश्वरका मेयर पछि हटे: अब चौलागाईंको सम्भावना !


कान्तिपथ


नेकपा एमालेको तर्फबाट मेयरको उम्मेदवारमा सिफारिस भरत केसी ब्याक हटेका छन् । एमालेको तर्फबाट मेयर हरिवंश चौलागाईं या राजेन्द्र मानन्धरलाई अघि सार्ने बुझिएको छ । राजेन्द्र र भरतको टसल हुँदा टिकट चौलागाईंको पोल्टामा जाने प्रवल सम्भावना रहेको छ । सामाजिक संजाल फेसबुकमा पोस्ट लेख्दै केसीले आफु पछि हटेको र पार्टीको उम्मेदवारलाई जिताउन लागि पर्ने बताएका छन् ।

पार्टीको जिल्ला कमिटी बैठकमा जिल्ला अध्यक्ष नरबहादुर श्रेष्ठ एकल ढंगले अघि बढ्दै केसीलाई सिफारिस गरेका थिए । जिल्लाको निर्णय विरुद्ध पार्टीका जिल्ला उपाध्यक्ष राजेन्द्र मानन्धर, वडा नं ४ का अध्यक्ष हरिवंश चौलागाईं लगायतले पार्टीको प्रदेश कार्यालयमा उजुरी दिएका थिए ।

भीमेश्वर नगरपालिकामा स्वार्थसहित पुरानै मेयर र उपमेयर पुरानै अघि सारेकाे भन्दै भीमेश्वरका मेयर आकांक्षी हरिवंश चाैलागाई, राजेन्द्र मानन्धर, प्रविण प्रधान साथै उपमेयरका आकांक्षी डा.जानुका न्याैपाने, मेनुका सुवेदी, रुपा शाही भुजेल, पूर्णिमा खरेल र सीता केसीले एमाले प्रदेश कार्यालयमा उजुरी दर्ता गराएका थिए।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत