काठमाडौं चन्द्रागिरि नगरपालिकाको एक वडाका अध्यक्षले स्थानीय तह निर्वाचनमा मतदाता प्रभावित पार्न सरकारी बजेटको दुरुपयोग गरेका छन्। वडानम्बर ८ का अध्यक्ष सन्तोष खड्काले सरकारी बजेटबाट साडी खरिद गरेर वितरणको तयारी गरेका छन्।
उनले शुक्रबार वडा कार्यालयको लेटर प्याडमा सार्वजनिक सूचना जारी गरेर साडी वितरणको मिति र समय सार्वजनिक गरेका छन्। सूचना अनुसार शनिबार दिउँसो २ बजे वडा कार्यालयमा महिलालाई साडी वितरणको तयारी गरिएको छ।
वडाध्यक्ष खड्काले वडाका महिलालाई वितरणका लागि दुई सय थान साडी पनि खरिद गरिसकेका छन्। उनले वडा सदस्य सविना राउतमार्फत् साडी खरिद गरेको वडा कार्यालय स्रोतले जानकारी दिएको छ। वडाध्यक्ष खड्का नेकपा एमालेबाट र वडा सदस्य रिजाल नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन्।
देवराज चौलागाई
०१-५१४९१६०
इमेल:kantipath24@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ