मङ्लबार, माघ ८, २०८१

बैतेश्वरको उपाध्यक्षका लागि ३ जना चर्चामा: कसले पाउला टिकट ?


कान्तिपथ


स्थानीय तह निर्वाचनका लागि दोलखामा सत्तारुढ गठबन्धनको भागबण्डा शुक्रबार साँझ टुंगिएको छ । शुक्रबारको बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठकले गठबन्धनको भागबण्डा टुङ्ग्याएको हो । जस अनुसार सत्तारुढ सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेसले ४ पालिका प्रमुख र ५ उपप्रमुख पाएको छ ।

त्यसैगरी नेकपा माओवादी केन्द्रले ३ पालिका प्रमुख र ३ उपप्रमुख पाउने भएको छ । नेकपा एकिकृत समाजवादीले २ पालिका प्रमुखसहित १ उपप्रमुख पाएको छ । जटिल राजनीतिक अवस्था भएको बैतेश्वर गाउँपालिकाको अध्यक्ष कांग्रेसले पाएको छ भने उपाध्यक्ष माओवादी केन्द्रले पाएको छ ।

गाउँपालिका उपाध्यक्षका लागि माओवादी केन्द्रबाट परशुराम रिमाल ‘कपिल’, रमेश कुमार अधिकारी, माधव दाहाल लगायतले चासो राखेका छन् । पार्टीको जिल्ला सह-इन्चार्ज समेत रहेका रिमाल दाबेदारी गर्ने मध्ये सबैभन्दा सिनियर नेता हुन् । अधिकारी बैतेश्वर गाउँपालिकाका एक मात्र निर्वाचित माओवादी वडा अध्यक्ष हुन् । ४ जना मध्ये उनी सत्ताको अनुभव भएका एक मात्र नेता हुन् । दाहाल पालिकाका निवर्तमान पार्टी अध्यक्ष हुन् । उनी निष्ठावान नेताको रुपमा हेरिन्छन । पार्टीका पालिका इन्चार्ज तथा अध्यक्षमा सिफारिस भएका लक्ष्मण खड्का, पालिका अध्यक्ष भिमबहादुर श्रेष्ठले भने उपाध्यक्ष नलड्ने बताईएको छ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत