सोमवार, चैत्र ३०, २०८२
  • गृहपृष्‍ठ
  • राजनिति
  • कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि सर्यो

कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक दिउँसो ३ बजेसम्मका लागि सर्यो


कान्तिपथ



सत्तारुढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज दिउँसो ३ बजेसम्मका लागि सरेको छ ।

यसअघि आज बिहान ११ बजे बस्ने भनिएको बैठक विशेष कारणवश दिउँसो ३ बजेसम्मका लागि सारिएको पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो । केन्द्रीय कार्यसम्पादन बैठकमा वैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनका लागि उम्मेदवारी टुङ्गो लगाउने कार्यक्रम रहेको छ ।

दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्न लागेको बैठकमा कांग्रेसले केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई अनिवार्य उपस्थितिका लागि अनुरोध गरेको छ ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत