सोमवार, चैत्र ३०, २०८२

रामेछाप एमालेमा पहिरो: खाँडादेवी गाउँपालिका अध्यक्ष समाजवादी प्रवेश !


कान्तिपथ


खाँडादेवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर तामाङले एमाले छाडेका छन् । एमाले खाँडादेवी गाउँ कमिटीबाट अध्यक्षको लागि पार्टीको प्रदेश कमिटीमा नाम सिफारिस भएपनि टिकट पाउने सम्भावना न्युन बनेसँगै उनले अध्यक्षबाट राजिनामा दिएर एकीकृत समाजवादी प्रवेश गरेका हुन्।

गत निर्वाचनमा एमालेबाट निर्वाचित भएको तामाङ एमाले विभाजन हुँदा संस्थापन पक्षमा रहेका थिए । स्रोतका अनुसार तामाङले समाजवादीबाट टिकटको आकांक्षा राखेका छन्।

तामाङले स्वतन्त्रबाट उम्मेदवारी दिएपछि एमालेबाट उम्मेदवार बन्नेको लागि जित्न कठिन हुने आकलन गरिएको छ । खाँडादेवी एमालेका नेताहरु कैलाश ढुंगेल, प्रेमबहादुर खड्का, माधव ढुंगेलको पालिका हो । टिकटको विवाद हुँदा माधव ढुंगेलले आफ्नै कार्यकर्ता को पिटाई खाएका थिए ।



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल:kantipath24@gmail.com

ठेगाना: का.म.न.पा-३२, काठमाडौँ

© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत