शुक्रबार, साउन ११, २०८१

उम्मेदवार मनोनयन दर्ताको सबै तयारी पूरा


कान्तिपथ



बागलुङमा निर्वाचनको तयारीलाई तीव्रता दिइएको छ । जिल्ला निर्वाचन अधिकृतको कार्यालयले निर्वाचनको तयारी थालेको छ भने राजनैतिक दलहरु मतदाता रिझाउन र उम्मेद्वार चयनलाई तीव्रता दिएका छन् ।

बिहीबार बागलुङ जिल्लामा मुख्य निर्वाचन अधिकृत तथा १० पालिकामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरेर निर्वाचनको काम पालिकाअनुसार गर्न थालिएको छ । निर्वाचन अधिकृतको कार्यालयले राजनीतिक दल, सुरक्षाकर्मी, कर्मचारी र पत्रकारलाई निर्वाचनको तयारी, आपसी समन्वय र सहयोगको विषयमा छलफल थालिएको हो ।

मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानेले सबैको सहयोगका कारण बागलुङमा निर्वाचन शान्तिपूर्ण गराउन सफल भइने भन्दै सुरक्षाकर्मी, राजनीतिक दल, पत्रकार र कर्मचारीका बीच अन्तरक्रिया कार्यक्रम गर्नुभएको छ । “सबैको सहयोगमा मात्रै निर्वाचन शान्तिपूर्ण हुन्छ, सुरक्षाकर्मीले सुरक्षा दिने, पत्रकारले सही सूचना मागेर मात्रै समाचार लेखौँ”, उहाँले भन्नुभयो, “बागलुङमा सुरक्षा र कर्मचारी खटाउने विषयमा अन्तिम तयारी भइसकेको छ, हामी मनोनयन दर्ताको सबै तयारी पूरा गरिसकेका छौँ ।”



सूचना विभाग दर्ता नं. २७०८/०७७-७८

प्रबन्ध निर्देशक:

देवराज चौलागाई

सम्पादक:

जेविन सर्वहारा

लेखा:

विष्णु फुँयाल

आईटी:

प्रज्वल चौलागाईं

कान्तिपथ मिडिया प्रा. लि.


सम्पर्क

०१-५१४९१६०
इमेल: news.kantipath@gmail.com
ठेगाना: का.म.न.पा-३२, काठमाडौँ
© कान्तिपथ मिडिया प्रा. लि. सर्वाधिकार सुरक्षितत